फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले उम्मेदवारका लागि गाडी प्रयोगसम्बन्धी नियम कडाइका साथ लागू गरेको छ। आयोगका अनुसार प्रत्येक उम्मेदवारले चुनाव प्रचारका लागि बढीमा दुईवटा गाडी मात्र प्रयोग गर्न पाउनेछन्।
विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै अनुमति प्राप्त गाडीबाट मतदातालाई ओसारपसार गर्न वा तोकिएको क्षेत्र बाहिर सञ्चालन गर्न पाइने छैन।
आयोगले नियम उल्लङ्घन भए कडा कारबाही गरिने चेतावनी दिएको छ। निष्पक्ष, स्वच्छ र सुरक्षित निर्वाचन सुनिश्चित गर्न यो व्यवस्था लागू गरिएको आयोगले जनाएको छ।







Discussion about this post