ब्राउनसुगरसहित तीनजना सप्तरी प्रहरीको नियन्त्रणमा

सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–८, तोपा बजारबाट ब्राउनसुगरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले प्र.१-०४-००१ ज ००४५ नम्बरको गाडी चेक गर्ने क्रममा मोरङको बेलबारी नगरपालिका–४ चुम्मा डाडाका ३२ वर्षीय अनुरोध निरौलाको साथबाट २०५.८ ग्राम ब्राउनसुगर फेला पारेको हो।

अनुरोध निरौलासँगै गाडी चालक विराटनगर–१७ रानीटोल बस्ने ३७ वर्षीय रजप आलम र वडा–४ जामुनगाछी बस्ने २१ वर्षीय निकेश कुमार शर्मालाई पनि नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले तीनैजनालाई लागुऔषध कारोबार ऐनअनुसार कानुनी कारबाही हुने जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित