सिर्सिया नदी बचाउन जेन–जी युवाको अभियान दोस्रो सातामा

औद्योगिक फोहोरका कारण तीन दशकदेखि प्रदूषित बनेको सिर्सिया नदी जोगाउन वीरगञ्जका जेन–जी युवाले थालेको ‘सिर्सिया नदी बचाऊ अभियान’ दोस्रो सातामा प्रवेश गरेको छ। अभियानअन्तर्गत युवाहरूले सरसफाइ र जनजागरण कार्यक्रम निरन्तर जारी राखेका छन्।

अभियानका संयोजक किसु सर्राफको नेतृत्वमा करिब ३० जना युवा रानीघाट क्षेत्रमा जुटेर नदी आसपास सरसफाइमा सक्रिय छन्। दोस्रो सातामा युवाहरूले नदीको प्रदूषित पानी सङ्कलन गरी साङ्केतिक विरोधस्वरूप पूर्व सांसद विना जयसवाल कुर्मीलाई बोतल हस्तान्तरण गर्दै नदी संरक्षणमा आवाज उठाउन आग्रह गरेका छन्।

यसअघि युवाहरूले जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र उद्योग वाणिज्य सङ्घलाई प्रदूषित पानी र चेतावनी पत्र बुझाइसकेका छन्। अभियानका सदस्यहरूका अनुसार प्रत्येक शनिबार सरसफाइ, सांस्कृतिक कार्यक्रम र दबाबमूलक गतिविधि सञ्चालन गरिनेछ।

पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट बग्ने रसायनयुक्त फोहोरले सिर्सिया नदी ‘मृत नदी’ जस्तै बनेको भन्दै युवाहरूले स्थानीयदेखि केन्द्रसम्म दबाब सिर्जना गर्ने बताएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित