वीरगञ्ज महानगरपालिका–७, गहवा टोलकी मधु कुमारी गुप्तामाथि आफ्नै सासु–ससुराले ज्यान मार्ने उद्देश्यसहित कुटपिट गरेको आरोप लागेको छ।
पीडितका अनुसार करिब चार वर्षअघि विवाह गरेपछि पति रोजगारीका सिलसिलामा बुटवल गएपछि उनी ससुराली घरमै बस्दै आएकी थिइन्। सो अवधिमा सासु मीना देवी, ससुरा नागेन्द्र साह कानु तथा नन्दहरूबाट लामो समयदेखि शारीरिक, मानसिक र आर्थिक हिंसा सहनुपरेको उनले गुनासो गरेकी छन्।
उनका अनुसार प्रहरीको पहलमा मंसिर ७ गते बसोबासका लागि सहमति भएको थियो। तर सहमतिअनुसार उपलब्ध गराइएको कोठा प्रयोग गर्न नदिँदा आज दिउँसो विवाद चर्किएको र त्यसक्रममा लात, मुक्का, लाठी तथा फलामे पाइप प्रयोग गरी कुटपिट गरिएको जनाइएको छ।
कुटपिटबाट मधुको नाक र आँखामा गम्भीर चोट लागेको बताइएको छ।
घाइते मधुलाई माइती पक्षको सहयोगमा नारायणी अस्पताल, वीरगञ्जमा भर्ना गरी उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Discussion about this post