निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक वातावरण बनेको निष्कर्ष निकालेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि अनुकूल अवस्था रहेको आयोगको ठहर रहेको जनाएका छन्। निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह गर्न आयोगले आजदेखि मिडिया सेन्टरसमेत स्थापना गरेको छ।
आज आयोजित विशेष कार्यक्रममा भट्टराईले २०७९ को निर्वाचनको तुलनामा यसपटक १० लाखभन्दा बढी मतदाता थपिएको, ११४ वटा राजनीतिक दल निर्वाचनमा सहभागी हुने र मतदान स्थल तथा मतदान केन्द्रको सङ्ख्या पनि वृद्धि भएको जानकारी दिएका छन्।
त्यसैगरी कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको तयारीमा धेरै अगाडि बढिसकेको उल्लेख गर्दै तोकिएको मितिमै निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन्।







Discussion about this post