माफीपछि सप्तरीको विवाद टुंगियो, आन्दोलन फिर्ता

सामाजिक सञ्जालमा हिन्दु देवी–देवताबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेका सप्तरीका अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि उत्पन्न विवाद समाधान भएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा भएको छलफलपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दलले आह्वान गरेका सबै आन्दोलन तथा बन्दका कार्यक्रम फिर्ता लिएका छन्।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको पहलमा आयोजित छलफलमा हिन्दु सम्राट सेना सप्तरी, बजरङ्ग दल, तीनवटै सुरक्षा निकायका प्रमुखहरू तथा हिन्दु–मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए। छलफलपछि आपसी सहमतिमा विवाद टुंगिएको जिल्ला प्रशासनले जनाएको छ।

आन्दोलनरत पक्षको मागअनुसार अफरोज आलमले जिल्ला प्रशासन कार्यालय परिसरमै सबैको सामु गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। मौखिक तथा लिखित माफीपछि जिल्लाको अवस्था सामान्य बनेको प्रशासनले जानकारी दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित