सिरहाको गोलबजार नगरपालिका-३ स्थित संघीय सरकारको सहयोगमा निर्माण गरिएको नमूना दलित बस्ती अहिले खण्डहरमा परिणत भएको छ । दुई तल्लाका १५ घरमा कुल ९० कोठा निर्माण भए पनि ठोस पहल नहुँदा दलितहरू बस्न आएका छैनन्।
बस्तीमा बस्न आएका दुई परिवारले मात्रै ओत लिए पनि घरमा तोडफोड, चोरी र खानेपानीको अभावले कठिनाइ भोगिरहेका छन्। भवनमा पातलो जस्तापाता र प्लाइवुड नहुनु, बोरिङको मोटर चोरी हुनु, र वरिपरिका गैरदलितहरूले गोठ बनाइदिँदा समस्या झन् बढेको छ।
नगरपालिका र स्थानीय प्रतिनिधिहरूले बस्ती प्रयोगमा ल्याउन प्रयास गरे पनि पर्याप्त सुरक्षा र व्यवस्थापन नहुँदा समस्या कायम रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्तीको छानबिन गरिरहेको छ।







Discussion about this post