भारत र श्रीलङ्काबीच जारी पाँच खेलको महिला टी–२० शृङ्खलाअन्तर्गत तेस्रो खेल आज हुँदैछ। खेल बेलुकी सवा ७ बजे थिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा सुरु हुनेछ।
शृङ्खलामा भारतले सुरुवाती दुई खेल जित्दै २–० को अग्रता बनाइसकेको छ। दोस्रो खेलमा भारतले श्रीलङ्कालाई ७ विकेटले पराजित गरेको थियो।
गएको मङ्गलबार विशाखापट्टनममा भएको दोस्रो खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकको सहयोगमा ११ ओभर ५ बलमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। भारतले पहिलो खेल पनि ८ विकेटले जितेको थियो।
तेस्रो खेल जित्दै शृङ्खला आफ्नो पक्षमा पार्ने लक्ष्यसहित भारत मैदान उत्रँदा श्रीलङ्का भने पुनरागमनको प्रयासमा रहनेछ।







Discussion about this post