रवि–बालेनबीच सहकार्यबारे छलफल, जेन–जी अभियन्ताको दबाब

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सहकार्यको प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा चलिरहेको छ।

छलफल भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्। उनले सहमतिको दबाब दिन आफू छलफलस्थलमा आएको बताएका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत दबाब दिन घरको गेटमा ताला लगाइदिएको दाबीसमेत गरेका छन्।

उनले जारी गरेको भिडियोमा “सम्झौता नहुँदासम्म रवि लामिछाने र बालेन शाहलाई बाहिर जान नदिने” उल्लेख गर्दै गेट नखोलिने बताएका छन्। सहमति नजुटेसम्म दबाब जारी रहने उनको भनाइ छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित