वीरगञ्ज भन्सार क्षेत्र सौन्दर्यीकरणका लागि वृक्षारोपण अभियान जारि

नेपाल–भारत आवागमनको मुख्य नाका वीरगञ्जस्थित भन्सार क्षेत्रलाई आकर्षक र हरियालीपूर्ण बनाउने उद्देश्यसहित सञ्चालन गरिएको वृहत् वृक्षारोपण अभियानअन्तर्गत बुधबार पनि विभिन्न प्रजातिका रुख–बिरुवा रोपिएको छ ।

वीरगञ्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको सहकार्यमा भन्सार क्षेत्रको दायाँ–बायाँ रहेका खाली जग्गामा वृक्षारोपण गरिएको हो। मितेरी पुल क्षेत्रलाई केन्द्रमा राखेर पछिल्लो तीन हप्तादेखि सरसफाइ तथा सौन्दर्यीकरण अभियान निरन्तर चलिरहेको महानगरपालिकाले जनाएको छ।

बुधबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहितको टोलीले बिरुवा रोप्दै अभियानको निरन्तरतामा जोड दिएको छ। नगर प्रमुख सिंहले मितेरी पुल क्षेत्रलाई सफा र हरियाली बनाउँदा वीरगञ्जको समग्र छवि सुधार हुने र यात्रु तथा स्थानीयवासीको मनोबल बढ्ने विश्वास व्यक्त गरे।

वृक्षारोपण तथा सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय पर्साको समेत सहयोग रहेको छ। ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले मितेरी पुल क्षेत्रलाई पर्यटक र सर्वसाधारणका लागि आकर्षक बनाउने लक्ष्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित