तराईमा बाक्लो हुस्सु र कुहिरो: उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

तराईका विभिन्न ठाउँमा बाक्लो हुस्सु, कुहिरो र सम्भावित शीतलहरका कारण जनजीवन प्रभावित भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। प्राधिकरणले सरोकारवाला निकायलाई पूर्वतयारी र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनका लागि संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवारीसहित आग्रह गरिएको छ। विपन्न परिवारका लागि न्यानो लुगा वितरण, सचेतना कार्यक्रम, सार्वजनिक भवनमा न्यानो बसाइको व्यवस्था र आवश्यक दाउरा तथा उपकरणको जोहो गर्न भनिएको छ।

यता जल तथा मौसम विज्ञान विभागले तराईमा बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ। यसले स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै विभागले सबैलाई सावधानी अपनाउन, न्यानो भएर बस्न र तातो झोलिलो खानेकुरा सेवन गर्न अनुरोध गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित