भारत–बङ्गलादेश सम्बन्ध चिसिँदै, हिंसात्मक घटनाले कूटनीतिक तनाव चर्कियो

भारत र बङ्गलादेशबीचको कूटनीतिक सम्बन्ध थप तनावग्रस्त बनेको छ। बङ्गलादेशमा हालै भएका हिंसात्मक प्रदर्शनका क्रममा एक युवकको ज्यान गएपछि दुवै देशबीच अविश्वास बढेको बीबीसीले जनाएको छ।

ढाकामा एक विद्यार्थी नेताको मृत्यु भएपछि भारतविरोधी भावना तीव्र बनेको छ। यसबीच दुवै देशले एकअर्काका कूटनीतिक नियोगको सुरक्षाबारे आपत्ति जनाएका छन्। केही शहरमा भिसा सेवा अस्थायी रूपमा बन्द गरिएको छ भने उच्चस्तरीय कूटनीतिज्ञलाई बोलाएर सुरक्षा चासोबारे औपचारिक जानकारी गराइएको छ।

विश्लेषकहरूका अनुसार पूर्व प्रधानमन्त्री शेख हसिनाको बर्हिगमनपछि बङ्गलादेशमा धार्मिक कट्टरपन्थी समूहहरू सक्रिय हुँदै गएका छन्, जसले अल्पसंख्यक समुदाय र नागरिक समाजमाथि दबाब बढाएको छ। यसले भारत–बङ्गलादेश सम्बन्ध मात्र होइन, बङ्गलादेशको आन्तरिक स्थायित्वमा समेत चुनौती थपेको छ।

अन्तरिम सरकारले हिंसामा संलग्न जो कोहीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ। आउँदो फेब्रुअरीमा हुने निर्वाचनले देशको राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। पूर्व कूटनीतिज्ञ तथा विज्ञहरूले दुवै देशलाई संयम अपनाउँदै संवादमार्फत सम्बन्ध सुधार गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा बङ्गलादेशको स्थायित्व भारतसहित समग्र क्षेत्रीय सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित