जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो।
भदौ २३–२४ गतेको आन्दोलनको क्रममा तत्कालीन प्रशासनिक र प्रहरी नेतृत्वसँग बयान भइसकेपछि राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरिएको आयोगले जनाएको छ। यसै क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको छ।







Discussion about this post