पर्सा जिल्लाका विभिन्न पालिकामा पछिल्ला दिनमा बढेको चिसोका कारण विद्यालयहरूमा जाडो बिदा दिइएको छ। वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँ–मैनपुर र छिपहरमाई गाउँपालिकाले आफ्ना विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
वीरगन्ज महानगरपालिकाले पुस ७–९ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरेको छ। शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार, पुस १० गते क्रिसमस सार्वजनिक बिदा र पुस ११ गते वर्षे बिदा कट्टा भएपछि पठनपाठन पुस १३ गते आइतबारदेखि मात्र सुरु हुनेछ।
अन्य पालिकामा पनि पठनपाठन रोक्का गरिएको छ। पकहाँ–मैनपुरले पुस ८–९, पोखरियाले पुस ८–११ र छिपहरमाईले पुस ८–९ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ। चिसो र हुस्सुको असर बालबालिका, वृद्धवृद्धा र दैनिक ज्याला मजदुरी गर्नेमा बढी परेको छ।







Discussion about this post