सुनको मूल्य पहिलो पटक ४,४०० डलर नाघ्यो

विश्वव्यापी आर्थिक र राजनीतिक अनिश्चितताका बीच सुनको मूल्य इतिहासमै पहिलो पटक प्रति औंस ४,४०० अमेरिकी डलर पुगेको छ। रोयटर्सका अनुसार लगानीकर्ताहरू सुरक्षित सम्पत्ति खोज्दै गर्दा सुनमा ठूलो माग बढेको हो।

यस वर्षको सुरुवातमा सुनको मूल्य प्रति औंस करिब २,६२४ डलर रहेको थियो, जुन डिसेम्बर अन्त्यसम्म ६८ प्रतिशतले बढेर ४,४०० डलरको उच्चतम विन्दुमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि उच्चतम विन्दुमा पुगेर प्रति औंस ६९.४४ डलर पुगेको छ, यो १ सय ३३ प्रतिशतले वृद्धिदर हो।

विशेषज्ञहरूको अनुसार बढ्दो भूराजनीतिक तनाव र अमेरिकी केन्द्रीय बैंकको कम ब्याजदरको अपेक्षाले सुन र चाँदीमा लगानी आकर्षित गरिरहेको छ। सन् १९७९ पछिको यो सबैभन्दा ठूलो वार्षिक वृद्धि मानिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित