औषधि व्यवस्था विभाग वीरगंजद्वारा अस्पतालसहित औषधि पसल सिल

सरकारले तोकेको मापदण्ड उल्लंघन गर्दै दर्ता नहुने अवस्था सञ्चालनमा रहेका एक अस्पताल र चार औषधि पसलमा वीरगंजस्थित औषधि व्यवस्था विभागले कारबाही अघि बढाएको छ ।

अनुगमनमा जनकपुरको रामानन्द चौकस्थित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल (बजरङ्ग चौक), राघव सजिर्कल पसल (माछा बजार) र कम्युनिटी सभिर्स अस्पताल (वीरेन्द्र बजार) सिल गरी कारोबार रोक्का गरिएको विभाग प्रमुख शम्भु साहले जानकारी दिएका छन ।

कार्यालयले निजी अस्पतालसहित कूल २४ औषधि पसलको अनुगमन गरेको थियो । ११ पसलमा फर्मासिस्ट नभएको र आफैं बिक्री वितरण गरेको देखिएपछि पहिलो पटक चेतावनी दिइएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित