सर्वपक्षीय सरकार गठनको माग राख्दै मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवाहरू सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले ‘जेनजीको माग: चुनाव होइन, सुशासन’ भन्ने नारा लगाएका थिए।
प्रदर्शनका क्रममा केही युवालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको अवस्थामा प्रदर्शन सुरु भएको थियो।
साथै प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। प्रदर्शन हाल पनि जारी छ र माइतीघरमा सहभागीहरू भेला भएका छन्।







Discussion about this post