नेशनल मेडिकल कलेज का पुर्ब प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारी विरुद्ध किर्ते मुद्दा  दर्ता

वीरगन्ज– नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका पुर्ब निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ । फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो ।

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ । अदालतका एक अधिकृतका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ ।

यस्तै तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको मुद्दामा उल्लेख छ । श्रम कार्यालयले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ ।

बसरुद्दिनले पदबाट हटाइसकेपछि फागुन १० मा प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगन्जमा अस्पतालको तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित