मोटरसाइकल दुर्घटना मा मेडिकल कलेज का दुई बिद्यार्थी को मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।
मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । बिहान स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित