रास्ट्रीय सव्तन्त्र पार्टी को मधेस प्रदेस स्दस्य माथि रड प्रहार

वीरगञ्ज । पर्साको प्रसौनीमा एक जना शिक्षक माथि रड प्रहार भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका – २३ प्रसौनी निवासी वीरगञ्ज कलेजका शिक्षक कृष्ण पासवान माथि रड प्रहार भएको हो ।

बाटोको विषयमा दुई पक्ष बिच विवाद हुँदा सम्झाउन पुगेका पासवानमाथि स्थानीय दिनानाथ तत्वाको छोरी गीता कुमारीले तत्वाले पछाडिबाट रड प्रहार गरेको स्थानीयहरूले बताएका छन् ।

पासवानले आफू झगडामा सहभागी नभए पनि पुरानो रिसिइबिका कारण हत्या गर्ने उद्देश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानीय नेताहरूको उक्साहटमा विगत लामो समयदेखि दलित बस्तीले बाटो नपाएको र पटक – पटक विवाद हुँदै आएको बताए । सोही विषयमा आज पनि विवाद भएको पासवानले बताए ।

रड प्रहारबाट पासवानको टाउकामा गम्भीर छोट लागेको र उनको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको उनीसँगै अस्पतालमा रहेको शिक्षक रुदल ठाकुरले बताए । अहिले उनी सकुशल रहेको र टाउकोमा पाँच वटा टाँका लागेको ठाकुरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका मातहत श्रीरिपुर वाडा प्रहरी कार्यालय मा एक जना लाइ पक्राउ गरि अनुशन्धान भइरहेको पर्सा प्रहरी को प्रबक्ता डिएस्पि कुमार बिक्रम थापा ले जानकारी दिनु भयो !

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित