वीरगन्ज छपकैया ईलाका प्रहरी कार्यालयकै छेउबाट खुलेआम तस्करी? छपकैयामा प्रहरी र तस्करहरु बीच मिलेमतोको आरोप, भिडियोमा बालबालिकासहित सामान ओसारपसारको दृश्य

वीरगन्ज । वीरगन्जको छपकैया क्षेत्रमा ईलाका प्रहरी कार्यालयकै पछाडिको छेउबाट खुलेआम तस्करी भइरहेको आरोप स्थानीयवासीले लगाएका छन्। सार्वजनिक भएको भिडियोमा सानो उमेरका बालबालिकासहित केही व्यक्तिहरूले सामान ओसारपसार गरिरहेको दृश्य देखिन्छ।

उक्त क्षेत्र वीरगन्ज बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम सुबेदीको कार्यक्षेत्रमा पर्ने र छपकैया प्रहरी कार्यालयमा वरिष्ठ सई नेत्र राणाको जिम्मेवारी रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार प्रहरी कार्यालयकै छेउबाट दैनिकजसो तस्करीका सामान ओसारपसार हुने गरेको छ। तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रहरी अधिकारीकै क्षेत्रमा यस्तो गतिविधि भइरहँदा प्रहरीको निगरानी र भूमिकामाथि गम्भीर प्रश्न उठेको स्थानीय बताउँछन्।

त्यसैगरी, प्रहरी अधिकारी र तस्करबीच आर्थिक चलखेल तथा मिलेमतो हुने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। तर उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ। भिडियोमा देखिएको गतिविधि र स्थानीयको भनाइले प्रहरी कार्यालयकै आसपासबाट भइरहेको भनिएको तस्करी नियन्त्रणमा प्रहरी प्रशासन कति गम्भीर छ? भन्ने प्रश्न खडा गरेको छ।

तस्करीमा बालबालिकासमेत प्रयोग भएको देखिएमा यो विषय झनै गम्भीर बन्ने भएकाले सम्बन्धित प्रहरी तथा प्रशासनिक निकायले तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

STP Khabar — सत्यतथ्य बाहिर उजागर गर्ने प्रयास।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित