भेडियाही छठ घाट निर्माणबारे अख्तियारको स्थलगत छड्के अनुगमन

भेडियाही छठ घाट निर्माणबारे अख्तियारको स्थलगत छड्के अनुगमन

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज–१५ भेडियाहीस्थित छठ घाट निर्माण उपभोक्ता समितिमाथि परेको उजुरीका सम्बन्धमा स्थलगत छड्के अनुगमन गरेको छ।

टोलीले निर्माणस्थलमा पुगेर निर्माण कार्यको अवस्था, आवश्यक विवरण तथा सम्बन्धित कागजातबारे जानकारी लिएको जनाइएको छ।

उजुरीकर्ता वासुदेव प्रसाद साह र प्रितम कुमार सर्राफले छठ घाट निर्माण उपभोक्ता समितिले अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएका थिए। उजुरीमा निर्धारित मापदण्डअनुसार काम नभएको तथा गुणस्तरहीन निर्माण कार्य गरिएको आरोप लगाइएको छ।

स्थलगत अनुगमनका क्रममा छठ घाट निर्माण उपभोक्ता समितिका अध्यक्ष मुकेश साह सोनार, पर्यटन विकास कार्यालय वीरगञ्जका इन्जिनियर निरज शाह र दीपक यादव तथा वीरगञ्ज महानगरपालिका–१५ का वडा सदस्य दिपेन्द्र प्रसाद सर्राफको उपस्थितिमा स्थलगत प्रतिवेदनमा हस्ताक्षर गराइएको जनाइएको छ।

त्यसैगरी, अनुगमनका क्रममा स्थानीय साक्षीहरूसँग समेत आवश्यक जानकारी लिइएको र प्रतिवेदनमा पवन कुमार सर्राफ, विक्की गुप्ता, करण सिंह लगायत स्थानीयले साक्षीका रूपमा हस्ताक्षर गरेको जनाइएको छ।

उजुरीकर्ताले उक्त विषयमा सत्यतथ्य छानबिन गरी दोषी देखिएमा सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

अख्तियारको स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदन तथा थप अनुसन्धानबाट निर्माण कार्यमा लगाइएको आरोपको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित