हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको पित्तथैलीको शल्यक्रिया सफल
वीरगञ्ज । हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष तथा गोप्यखबरका सहसम्पादक राजन रौनियारको पित्तथैलीको शल्यक्रिया वीरगञ्ज हेल्थ केयर हस्पिटलमा सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलका चिकित्सक डा. आसीफ अन्सारीको नेतृत्वमा रौनियारको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
हिन्दु पत्रकार संघ पर्साको नेतृत्व गरिरहेका रौनियारको उपचार मुस्लिम समुदायका चिकित्सक डा. अन्सारीबाट हुनु तथा मुस्लिम समुदायका चिकित्सक डा. अबुल हैस अन्सारीद्वारा सञ्चालित अस्पतालमा उनको सफल उपचार हुनु वीरगञ्जको धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक सद्भावको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।
विभिन्न धर्म, समुदाय र संस्कृतिका मानिसबीचको सहअस्तित्व र आपसी सद्भावका लागि वीरगञ्ज परिचित रहँदै आएको छ। धर्म र समुदायभन्दा माथि उठेर मानवता तथा स्वास्थ्य सेवालाई प्राथमिकता दिने संस्कारले सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ।
रौनियारको उपचारका क्रममा डा. अन्सारी तथा अस्पताल परिवारले देखाएको चिकित्सकीय जिम्मेवारी र आत्मीय व्यवहारले मानवीय सेवामा धर्म र समुदायको सीमा नहुने सकारात्मक सन्देश दिएको छ। स्वास्थ्य उपचारमा चिकित्सक र बिरामीबीचको विश्वास तथा मानवीय सम्बन्ध नै महत्वपूर्ण हुने यस घटनाले देखाएको छ।
पत्रकारिता क्षेत्रमा सक्रिय रौनियारको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै सहकर्मी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।







Discussion about this post