मधेश सरकारको कडा चेतावनी : बेथिति र उपभोक्ता ठगी नियन्त्रणमा कानुन उल्लङ्घन गर्नेलाई कारबाही

मधेश सरकारको कडा चेतावनी : बेथिति र उपभोक्ता ठगी नियन्त्रणमा कानुन उल्लङ्घन गर्नेलाई कारबाही

धनुषा, २९ साउन । मधेश प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहदेखि बजार तथा व्यावसायिक क्षेत्रसम्म देखिएका बेथिति नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाउँदै कानुन उल्लङ्घन गर्नेहरूमाथि तत्काल कारबाही गर्ने जनाएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, सेवाग्राहीप्रति गैरजिम्मेवार व्यवहार, जिम्मेवारीमा लापरवाही तथा कानुनी प्रक्रिया उल्लङ्घनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सरकारी कार्यालय तथा सार्वजनिक सेवा क्षेत्रमा नियमित निगरानी र अनुगमन गरिरहेको जनाएको छ।

त्यस्तै होटल तथा रेस्टुरेन्ट, पसल, औषधि पसल तथा फार्मेसी, अस्पताल तथा स्वास्थ्य संस्था, विद्यालयको दिवा खाजा कार्यक्रम तथा खाद्य–पेय पदार्थको उत्पादन र बिक्री–वितरण क्षेत्रमा समेत अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
मापदण्डविपरीत सञ्चालन भएका व्यवसाय तथा संस्था, गुणस्तरहीन वा म्याद गुज्रिएका वस्तुको बिक्री, कृत्रिम मूल्यवृद्धि, तोकिएको मूल्यभन्दा बढी रकम असुली तथा उपभोक्तामाथि ठगीजस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने मन्त्री महतोले स्पष्ट पार्नुभएको छ।

अनुगमनका क्रममा कानुनविपरीत गतिविधि वा सेवाग्राही तथा उपभोक्ताको हकहितमा प्रतिकूल असर पर्ने कार्य भेटिए सम्बन्धित व्यक्ति, व्यवसायी, संस्था वा जिम्मेवार पदाधिकारीमाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही अघि बढाइने उहाँले बताउनुभएको छ।

मन्त्रालयले सरकारी तथा गैरसरकारी सेवा प्रदायक, उद्योगी–व्यवसायी, होटल तथा रेस्टुरेन्ट सञ्चालक, अस्पताल तथा फार्मेसी सञ्चालक, विद्यालयलगायत सबै सरोकारवालालाई कानुन, निर्धारित मापदण्ड, मूल्य र गुणस्तरको पूर्ण पालना गर्न आग्रह गरेको छ।

मन्त्री महतोले नागरिकको स्वास्थ्य, सुरक्षा, अधिकार तथा सार्वजनिक हितलाई प्राथमिकतामा राख्दै कानुन कार्यान्वयनमा सरकार कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ।
उहाँले भन्नुभएको छ, “कानुनको पालना गर्नु सबैको दायित्व हो। नागरिकको स्वास्थ्य, सुरक्षा, अधिकार र सार्वजनिक हितमाथि खेलबाड गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कानुनभन्दा माथि राखिने छैन।” #stpkhabar

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित