केपी शर्मा ओली का समर्थनमा प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुली लाई लक्षित गरी साइबर बुलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरो ले रौतहट प्रहरीसँग समन्वय गरी अभिषेक चौधरीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्युरो कार्यालयमा ल्याउने तयारी गरिएको जनाइएको छ।
पराजुलीले सार्वजनिक रूपमा ओलीको समर्थनमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा आफूविरुद्ध लक्षित आक्रमण भएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितलाई पक्राउ गरेको हो।
ओलीको पक्राउपछि उनको रिहाइको माग गर्दै भएको प्रदर्शनमा सक्रिय सहभागिता जनाएकी पराजुलीमाथि सामाजिक सञ्जालमार्फत अपमानजनक टिप्पणी तथा साइबर बुलिङ भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







Discussion about this post