प्रधानमन्त्री कप क्रिकेटमा बागमती र लुम्बिनीको जीत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती र लुम्बिनी प्रदेशले प्रभावशाली जीत निकालेका छन्।

जनकपुरमा बागमतीले कर्णालीलाई ६० रनले पराजित गर्‍यो। १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५ ओभर १ बलमा १२० रनमै समेटियो। कर्णालीका निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन जोडे। बागमतीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए भने विवेक मगरले ५६ रन बनाए। कर्णालीका दिवान पुनले ३ विकेट लिए। यससँगै बागमती ५ खेलबाट ४ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ, कर्णाली नवौँ स्थानमा छ।

वीरगंजमा भएको अर्को खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले हरायो। खेल बराबरी भएपछि भएको ‘सुपर ओभर’ मा लुम्बिनीले १४ रन बनायो भने एपीएफ ६ रनमै रोकियो। यसअघि एपीएफले १२४ रन बनाएको थियो, जसको जवाफमा लुम्बिनी पनि १२४ रनमै समेटिएको थियो। लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने कप्तान देव खनालले ४५ रन बनाए। एपीएफका रोहित पौडेलले ३ विकेट लिए।

यो जीतपछि लुम्बिनी ५ खेलमा ५ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने एपीएफ सातौँ स्थानमा रहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित