पर्साबाट एसइईमा १० हजार ७०३ विद्यार्थी सहभागी हुँदै

भोलि बिहीबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ पर्सा का अनुसार एसइईको सम्पूर्ण तयारी पूरा भइसकेको छ। जिल्लाका १५३ वटा विद्यालय (७० सामुदायिक र ८३ संस्थागत) बाट विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। चैत १९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि पर्सामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन्।

इकाइ प्रमुख मोतीप्रसाद भट्टराई का अनुसार ग्रामीण क्षेत्रमा १४ र सहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनका लागि १ हजार ३०४ जना जनशक्ति परिचालन गरिनेछ।

यसअन्तर्गत २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। जिल्लाका सबै परीक्षा केन्द्रका लागि प्रश्नपत्र नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पु¥याइसकिएको र बाँकी तयारी अन्तिम चरणमा पुगेको इकाइले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित