पर्सा प्रशासनको सेवा सुधारमा सांसदको चासो, एकद्वार प्रणाली लागू गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय पर्सा मा सेवाग्राहीले भोग्दै आएका झन्झट र प्रशासनिक अड्चन हटाउन नवनिर्वाचित सांसदहरूले चासो देखाएका छन्।

हरि पन्त (पर्सा–१) र सुशील साह कानु (पर्सा–२) जिल्ला प्रशासन कार्यालय पुगेर अनुगमन गर्दै सेवा प्रवाहबारे विस्तृत जानकारी लिनुभएको हो। अनुगमनका क्रममा उहाँहरूले सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवाद पनि गर्नुभएको थियो।

सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृत गराउन विभिन्न कोठा धाउनुपर्ने, साना कामका लागि पनि लामो समय कुर्नुपर्ने र प्रशासनिक प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए।

त्यसपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोला दाहाल सँग भेटेर सेवा प्रवाह सुधारका उपायबारे छलफल गर्नुभएको थियो। प्रजिअ दाहालले सेवालाई प्रविधिमैत्री र सरलीकृत बनाउन विभिन्न सुधारका काम भइरहेको जानकारी दिँदै कार्यालयलाई बिचौलियामुक्त बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी गरिएको बताउनुभयो।

सांसदद्वय पन्त र साहले सरकारी कार्यालयमा जनताले सास्ती पाउनु लोकतन्त्रको उपहास भएको उल्लेख गर्दै नागरिकले राज्यबाट पाउने सेवा सहज, छिटो र सम्मानजनक ढंगले पाउनुपर्ने बताउनुभयो। उहाँहरूले प्रशासनले सुरु गरेको सुधारका कामले सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित