लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा लाई प्रहरीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई नियन्त्रणमा लिएको हो।
यसअघि २०८१ जेठमा काठमाडौं महानगरपालिका ले शर्माको घरबाट दाङकी एक नाबालिकाको उद्धार गरेको थियो। ती बालिकालाई घरेलु कामदारका रूपमा राखी कुटपिट गर्ने, बाहिर निस्किन नदिने र उचित बसोबासको व्यवस्था नगर्ने आरोप शर्मामाथि लागेको थियो।
उक्त घटनापछि महानगरपालिकाले बालबालिका सम्बन्धी ऐनअन्तर्गत कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। जाहेरीपछि पनि पक्राउ नभएको विषयमा तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए।
पछि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भएको भए पनि पछिल्लो कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







Discussion about this post