वीरगंज, १४ चैत्र –
रामकिशोर सिंह (पराग) उज्यालो नेपाल पार्टीको मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत रूपमा मनोनित भएका छन्। आज जनकपुरधाममा सम्पन्न कार्यक्रमबीच पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
उज्यालो नेपाल पार्टीका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सिंहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।
नयाँ जिम्मेवारीसँगै पार्टीलाई प्रदेशस्तरमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। पार्टीका नेताहरूले सिंहको नेतृत्वमा मधेश प्रदेशमा संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतामाझ प्रभावकारी रूपमा काम हुने विश्वास व्यक्त गरेका छन्।
नवनियुक्त प्रदेश अध्यक्ष सिंहले पार्टीको नीति तथा कार्यक्रमलाई प्रदेशभर प्रभावकारी रूपमा अघि बढाउने र संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







Discussion about this post