आज चैती छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिदैं

चैती छठ पर्वअन्तर्गत आज मुख्य दिन साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। वीरगंज लगायत पर्साका विभिन्न नदी, पोखरी तथा जलाशयमा बनाइएका छठघाटहरूमा व्रतालुहरूको भीड लागेको छ।

छठ पर्व आइतबार ‘नुहाए खाए’ विधिबाट सुरु भएको थियो भने सोमबार ‘खरना’ सम्पन्न गरिएको थियो। आज सझिया अर्घ दिइएपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिने परम्परा रहेको छ।

छठ पूजाका लागि ठेकुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, निम्बु, अदुवा, मुला, गाजर लगायतका फलफूल तथा प्रसाद तयार पारेर सूर्य भगवान र छठी मातालाई अर्पण गर्ने गरिन्छ।

छठ पर्व तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा र आस्थाका साथ मनाइने प्रमुख पर्वमध्ये एक हो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित