हरि खेतान क्याम्पस विवाद : परीक्षा र पठनपाठन पुन सुरु गर्ने सहमति

हरि खेतान बहुमुखी क्याम्पसमा हालै देखिएको विवाद समाधानतर्फ उन्मुख भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको बैठकले स्थगित कक्षा १२ को त्रैमासिक परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र विद्यार्थीबीच सहमति कायम भएको जनाइएको छ। आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीको उपचार व्यवस्था तत्काल गर्ने र विद्यार्थीका अन्य मागबारे छलफल गर्न पुनः बैठक बस्ने निर्णय पनि भएको छ।

यसअघि परीक्षा अचानक स्थगित भएपछि विद्यार्थीहरूले चक्काजाम, प्रदर्शन र विरोध कार्यक्रम सञ्चालन गरेका थिए। प्रशासन र विद्यार्थीबीच भएको वार्तापछि अब क्याम्पसको शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित