मधेससहित देशका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा, सावधानी अपनाउन आग्रह

पर्साको वीरगंजसहित बारा, रौतहट लगायत मधेसका विभिन्न जिल्लामा अहिले मुसलधारे वर्षा भइरहेको छ। देशका अन्य क्षेत्रहरूमा पनि वर्षासँगै मौसम बदली भई जनजीवन प्रभावित हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखा ले भोलिसम्म हावाहुरीसहित वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार विशेषगरी तराई तथा मधेस क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

अचानक आएको वर्षा र हावाहुरीका कारण सडक आवागमन, विद्युत् सेवा तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। नदी–नाला आसपास बसोबास गर्ने तथा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउन पनि महाशाखाले सुझाव दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित