जिल्ला अदालत सिरहा अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा लेखापढी व्यवसायी गुमस्ता यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यादव सुखीपुर नगरपालिका–३ का निवासी हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे चार दिनदेखि विस्तृत अनुसन्धान भइरहेको छ। शङ्काको आधारमा पक्राउ परेका यादव अदालत अगाडि कार्यालय खोलेर लेखापढी गर्दै आएका थिए।
विस्फोटका कारण कार्यालयमा कार्यरत एक जना कर्मचारी घाइते भएका थिए। घाइते सिराहा नगरपालिका–१ निवासी सौरभ यादव हुन्, जसको खुट्टामा चोट लागेको थियो। घटनामा कार्यालयभित्रका कम्प्युटर र अन्य सामग्री पनि क्षतिग्रस्त भएका थिए। विस्फोट गत फागुन २७ गते अपराह्न भएको प्रहरीले जनाएको छ।







Discussion about this post