राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा आउँदो १३ गते नयाँ सरकार गठन हुने भएको छ। पार्टी बैठकले बालेन्द्र शाह लाई प्रधानमन्त्रीका रूपमा शपथ गराउने निर्णय गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। चुनावअघि नै बालेन्द्र शाह लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएकाले सोहीअनुसार सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।
चैत १२ गते सांसदहरूको शपथपछि रास्वपाले संसदीय दलको नेता चयन गर्नेछ। त्यसपछि बालेन्द्र शाह को नेतृत्वमा सरकार गठन गरी १३ गते शपथ गराउने तयारी गरिएको छ।
बहुमतसहित सरकार गठन गर्न लागेको रास्वपाले अब एकल नेतृत्वमा शासन सञ्चालन गर्ने संकेत दिएको छ।







Discussion about this post