इरान र इजरायल बीचको द्वन्द्व झन् चर्किँदै गएको छ। पछिल्ला दिनमा दुवै देशले एकअर्कामाथि आक्रमण तीव्र पारेपछि क्षेत्रीय अवस्था तनावपूर्ण बनेको छ।
इरानको सरकारी माध्यमका अनुसार राजधानी तेहरान लक्षित गरी हिजो चार चरणमा मिसाइल आक्रमण गरिएको छ। यस्तै साउदी अरेबिया र बहराइन ले आफ्नो आकाश क्षेत्रमा प्रवेश गरेका ड्रोनहरू नष्ट गरेको बताएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघची ले थप आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले इरानको साउथ पार्स ग्यास क्षेत्रमा गरिएको आक्रमणमा आफ्नो देश मात्र संलग्न रहेको दाबी गरेका छन्।
द्वन्द्वको प्रभाव ऊर्जा क्षेत्रमा स्पष्ट देखिएको छ। कतारस्थित ग्यास उद्योगमा आक्रमण भएपछि युरोपेली बजारमा ग्यासको मूल्य ह्वात्तै बढेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य पनि ११९ अमेरिकी डलरभन्दा माथि पुगेको छ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्था लामो समय कायम रहे विश्व ऊर्जा आपूर्ति र मूल्यमा गम्भीर असर पर्ने सम्भावना छ। तनाव कम गर्न विभिन्न देशहरूले कूटनीतिक पहल अघि बढाइरहेका छन्।







Discussion about this post