हरि खेतान विद्यालय र क्याम्पस एउटै भवनमा सञ्चालन नगर्न अदालतको आदेश

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश दिएको छ। फागुन १५ गते सार्वजनिक पूर्णपाठमा दुवै संस्थालाई छुट्टाछुट्टै भवन तथा फरक कानुनी संरचनाअन्तर्गत सञ्चालन गर्न निर्देशन दिइएको हो।

संयुक्त इजलासको निर्णयले वीरगंजस्थित यी दुई शैक्षिक संस्थाबीच लामो समयदेखि चल्दै आएको व्यवस्थापन तथा कानुनी विवादलाई औपचारिक रूपमा सम्बोधन गरेको छ। अदालतले शिक्षा ऐन, २०२८ र त्रिभुवन विश्वविद्यालयको सम्बन्धन विनियम, २०७३ अनुसार विद्यालय र क्याम्पस एउटै भवनमा सञ्चालन गर्न नमिल्ने प्रावधानलाई पुनः स्पष्ट पारेको छ।

कानुनअनुसार क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक फरक–फरक हुनुपर्ने व्यवस्था भए पनि यसअघि प्रशासनिक हस्तक्षेपको आरोप लाग्दै आएको थियो। अब अदालतको आदेशपछि सम्बन्धित निकायहरूलाई संस्थागत संरचना सुधार गरी कानुनी मापदण्डअनुसार सञ्चालन गर्न दबाब बढेको छ।

यस निर्णयले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित