खोटाङमा हेलिकप्टर दुर्घटना, ६ जना घाइते

वीरगंज , ४ फागुन –

खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जना घाइते भएका छन्। काठमाडौंबाट गएको एअर डाइनेस्टीको हेलिकप्टर आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार बिहान ११ बजेर ५५ मिनेटमा अवतरण गर्ने क्रममा हेलिकप्टर अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। दुर्घटनामा पाइलट सविन थापा र पाँच जना यात्रु घाइते भएका छन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइतेहरूलाई उद्धार गरी अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित