मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर वीरगंजमा मंगलबार सर्वदलीय बैठक बसेको छ। नेकपाको पहलमा आयोजित बैठकले घटनाबारे साझा धारणा बनाउँदै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा ढिलाइ भइरहेको आरोप लगाएको छ। नेताहरूले अनुसन्धान अनावश्यक रूपमा लम्ब्याइएको भन्दै तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।
सहभागीहरूले प्रहरी नेतृत्वले राजनीतिक दल र जनप्रतिनिधिसँग समन्वय नगरेको तथा गुनासो सुन्ने प्रवृत्ति कमजोर रहेको बताएका छन्। सोही सन्दर्भमा बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेसन जाने निर्णय गरिएको छ।
बैठकले चौधरीलाई फसाउन षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी अदालतमा प्रतिवेदन पेश गर्न माग गरेको छ।
फागुन १९ गते चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा उनीसहित चार जना हाल प्रहरी हिरासतमा छन्। प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको जनाएको छ।







Discussion about this post