सप्तरीमा ११ जनाको मृत्यु, ५३ घाइते

फागुन महिनामा सप्तरी जिल्लामा विभिन्न घटनामा ११ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै घटनाका तथ्यांक प्रस्तुत गरेको हो।

प्रहरीका अनुसार जिल्लामा फागुनमा १७ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र २१ जना घाइते भएका छन्। त्यस्तै, अन्य २० वटा सवारीसाधनसम्बन्धी घटनामा पनि मानिसहरू चोटपटक लागेका छन्। दुर्घटनाका प्रमुख कारणका रूपमा ट्राफिक नियमको अवज्ञा, सवारी साधनको अत्यधिक गति र पूर्व–पश्चिम राजमार्ग विस्तारको काम देखाइएको छ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २७० सवारीसाधन कारवाहीमा परेका छन् र दुई लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिनुभयो।

अन्य घटनामा करेन्ट लागेर एक, पानीमा डुबेर तीन र अन्य घटनामा तीन जनाको मृत्यु भएको छ। यसैबीच, करेन्ट लागेर चार, जनावरको आक्रमणबाट दुई र अन्य घटनामा २६ जना घाइते भएका छन्।

एक महिनाभित्र जिल्लामा सात जनाले आत्महत्या गरेका छन्। तीमध्ये दुई पुरुषले विष सेवन गरेर, एक पुरुष र चार महिला झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित