मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेका छैनन्।
३२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा हालसम्म ३१ क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ९८५ उम्मेदवारमध्ये ८९४ जनाको जमानत जफत भएको छ भने ९१ जनाले मात्र जमानत बचाएका छन्।
धनुषा–१ मा उम्मेदवारी विवादका कारण आधिकारिक परिणाम सार्वजनिक हुन बाँकी छ।
निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरे पनि मतपत्रबाट चुनाव चिन्ह नहट्दा सो चिन्हमा सबैभन्दा बढी मत परेको थियो।
आयोगले भने नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित घोषणा गरेको छ।
सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि अधिकांश उम्मेदवारको जमानत जफत भएको हो।
पार्टीगत रूपमा रास्वपाका ३१ उम्मेदवारमध्ये सबैले जमानत जोगाएका छन्, जसमा ३० जना निर्वाचित भएका छन् भने एक जना तेस्रो स्थानमा रहेका छन्।
नेपाली कांग्रेसका ३१ मध्ये २२ जनाले जमानत जोगाउँदा एक जना मात्रै निर्वाचित भएका छन्।







Discussion about this post