प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ। प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको कुल सदर मतको १० प्रतिशत थ्रेसहोल्ड नपुग्दा जमानत गुमेको हो।
निर्वाचनमा रास्वपाका रामजी यादव २८ हजार ४०४ मत प्राप्त गरी विजयी भएका छन्। पूर्वमुख्यमन्त्री सिंहले भने ३ हजार ५५७ मत मात्र पाएका छन्। निकटतम प्रतिस्पर्धी जसपा नेपालका उमेश यादवले १४ हजार २६३ मत ल्याए भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ९ हजार ८८० मत मात्र पाएका छन्।
सदर मतको ५.६७ प्रतिशत मात्रै प्राप्त गरेको सिंहसँगै अन्य ३० उम्मेदवारको पनि जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रबाट खसेको कुल ६२ हजार ७८३ मतमध्ये अधिकांश उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत गुमाएका हुन्।







Discussion about this post