हर्क साम्पाङको श्रम संस्कृति पार्टी पहिलो चुनावमै तीन सिटमा विजयी

गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिटमा जीत हासिल गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका छन्।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र जारी गरेको थियो।

समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ। समानुपातिकतर्फ निर्वाचित हुन कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित