सर्लाही–४ मा गगन थापा ३,२०९ मतले पछाडि

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५ हजार ८ सय २८ मत ल्याएका छन्, जसअनुसार उनी ३ हजार २ सय ९ मतले पछाडि परेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले १ हजार ४ सय २२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राकेश मिश्रले ४ सय ६८ मत पाएका छन्। मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित