पर्सा १ र २ को मतगणना ठाकुरराम क्याम्पसमा हुने : सुरक्षा अत्यन्त कडा

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नं. १ र २ को मतगणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने भएकाले कडा सुरक्षा व्यवस्था गरिएको छ।

मतगणना अघि सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा तालिमप्राप्त कुकुरको सहयोगमा क्याम्पसका कोठा तथा परिसरमा सुरक्षा जाँच (सर्च अपरेशन) गरिएको छ। सुरक्षाकर्मीहरूले सम्पूर्ण भवन र वरिपरिका क्षेत्रको सूक्ष्म निरीक्षण गरेका छन्।

साथै मतपेटिकाहरू क्याम्पसमा ल्याउन सुरु भइसकेको छ। मतगणना सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय सक्रिय रहेको बताइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित