पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरी चढ्ने गाडीमा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको आशंका गरिएको छ। घटनालगत्तै सुरक्षाकर्मीले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएका छन्।
प्रहरी स्रोतका अनुसार सम्भावित खतरा मूल्याङ्कन गर्दै चौधरीलाई एहतियातस्वरूप घरमै निगरानीमा राखिएको छ।
बरामद वस्तुको प्राविधिक परीक्षण जारी रहेको र घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Discussion about this post