आसन्न निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मधेस प्रदेशका भारतसँग जोडिएका सबै सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
सीमा नाकाबन्दी आज फागुन १८ गते सोमबार राति १२ बजेदेखि लागू भई फागुन २१ गते बिहीबार राति १२ बजेसम्म कायम रहनेछ।
मधेस प्रहरी प्रमुख गोविन्द थपलियाका अनुसार भारतीय सुरक्षा निकायसँगको समन्वय र आपसी सहमतिपछि सीमा सिल गर्ने निर्णय गरिएको हो।
मधेसका आठै जिल्लाका सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गर्ने निर्णय गरेको प्रहरीले जनाएको छ।
नाकाबन्दी अवधिमा एम्बुलेन्स, दमकल, शववाहन तथा मानवीय सहायताजस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारीसाधन र पैदल आवागमनमा पूर्ण रोक लगाइनेछ।
खुला सीमाका कारण निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा थप सुरक्षा गस्ती बढाइनुका साथै विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ।







Discussion about this post