आगामी प्रतिनिधिसभा निर्वाचनअघि सुरक्षा सुनिश्चित गर्न नेपाल–भारत सीमा ७२ घण्टा पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ। शनिबार वीरगञ्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकमा निर्वाचनअघि क्रस–बोर्डर अपराध रोक्न उच्च सतर्कता अपनाउने, सीमा क्षेत्रमा मदिरा कारोबार र नक्कली नोटको ओसार–पसारमा कडाइ गर्ने सहमति भएको हो।
बैठकमा भारतीय पक्षले सिर्सिया नदीको जल प्रदूषणप्रति चासो व्यक्त गर्दै नेपालबाट जाने पानी प्रशोधन पश्चात मात्र पठाउन आग्रह गरेको छ।
यसैगरी, सीमा क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन पनि सहयोग मागिएको बैठक स्रोतले जनाएको छ। बैठकमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।







Discussion about this post