सप्तरीमा बालिकाको अपहरणपछि उद्धार, फिरौती माग्ने पक्राउ

सप्तरीमा ७ वर्षीया नेहा खातुन लाई अपहरण गरी फिरौती माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उद्धार गरिएको बालिका खड्क नगरपालिका–८ बिसनपुरकी नेहा खातुन हुन् भने पक्राउ पर्ने व्यक्ति सोही नगरपालिका–९, लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमद हुन्। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले बिहीबार साँझ रुपनी–१ स्थित खाँडोबाट उनलाई नियन्त्रणमा लिँदै नेहालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जानकारी दिएको छ।

प्रहरीका अनुसार अपहरणकारी ईम्तियाजले बालिकाको बुवालाई फोन गरी रुपनी गाउँपालिका–१, खाँडो खोला बोलाएर फिरौती मागेको थियो। पक्राउ परेका ईम्तियाजलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित