केन्द्रीय आचारसंहिता अनुगमन समितिमा ६६ उजुरी, ३२ को जवाफ प्राप्त

निर्वाचन आयोग ले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ वटा उजुरी दर्ता भएको जनाएको छ।

उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटा जवाफ प्राप्त भइसकेको आयोगले जानकारी दिएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार सञ्चारमाध्यम र पत्रकारसम्बन्धी उजुरीमा प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमाथि आवश्यक जाँचबुझ र कारबाही भइरहेको आयोगले जनाएको छ।

प्राप्त जवाफहरूको अध्ययन जारी रहेको र आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला तहका अनुगमन संयन्त्र सक्रिय रहेको आयोगले स्पष्ट पारेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित